सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेहरेज : लिग टुबाट ईपीएल आइकन

मंगलबार, ०५ श्रावण २०७८खेलपाटी संवाददाता
मेहरेज : लिग टुबाट ईपीएल आइकन
Loading ad...
mustang rice ad

एजेन्सी । सन् २०२१/२०२२ को सिजनका लागि पेप ग्वार्डिओला अहिले म्यानचेस्टर सिटी टिमको तयारीमा छन् ।

त्यसको ठीक अगाडि सिटीका लागि मीठो समाचार आएको छ, क्लबका प्रमुख खेलाडी रियाद मेहरेज अन्यत्र जाने छैनन् ।

यी अल्जेरियाली खेलाडी सिटीमा खुसी छन्, त्यसैले पनि क्लबले उनलाई नयाँ अनुबन्धको प्रस्ताव राख्दैछ ।

उनको अहिलेको अनुबन्ध भने सन् २०२३ मा सकिनेछ । उनले साँच्चै नयाँ अनुबन्ध गर्छ भने यो हुनेछ, एक त्यस्ता खेलाडीको सफलताको यात्रा, जसका लागि प्रशंसाका शब्द खर्चिन कन्ज्युसाइ गर्नु पर्दैन् ।

अनि यसलाई भन्न सकिन्छ, फ्रान्सेली लिग टुबाट इंग्लिस प्रिमियर लिग (ईपीएल) आइकन ।

वास्तवमै अद्धितीय छ, उनले तय गरेको बाटो । सन् २०११ मा १९ वर्षका मात्र छँदा मेहरेजले हाभरेसँग तीन वर्षको पहिलो व्यवसायिक अनुबन्ध गरेका थिए । यो हाभरे फ्रान्सेली लिग टुको क्लब थियो ।

The Word: Mahrez thought Leicester were a rugby club - Now they've  propelled him to the top | FootballFanCast.com

त्यसपछि उनी इंग्ल्यान्ड लागे, उनको नयाँ गन्तब्य थियो, लेस्टर सिटी । फेरि यो लेस्टर अहिलेको जस्तो होइन, त्यति बेला दोस्रो डिभिजनमै थियो, त्यसो भनेको च्याम्पियनसिप लिगमा ।

तर लेस्टरले त्यति बेला प्रिमियर लिगमा बढुवाका लागि प्रयास गरिरहेको थियो । मेहरेज त्यस लेस्टर टिमको सुरुआती ११ कै खेलाडी रहे र क्लबले प्रमोसन पनि खायो ।

सन् २०१५/२०१६ मा गज्जब नै भयो, यही लेस्टरले ईपीएल पनि जित्यो । लेस्टर अर्थात ‘द फक्स’ को त्यो टिमका प्रमुख खेलाडी नै थिए, मेजरेज ।

त्यसको पनि दुई वर्षपछि उनी सिटी पुगे, छ करोड ९० लाख युरोमा । सिटी आएयता पनि ग्वार्डिओलाको प्रमुख खेलाडी नै रहे ।

Arsenal eye stunning Raheem Sterling and Riyad Mahrez deals

पछिल्लो सिजन सिटीले लिग उपाधि जित्दा पनि मेहरेजको खेल निर्णायक थियो । ग्वार्डिओला आफै पनि उनको खुबै प्रशंसा गर्छन् ।

अझ पछिल्लो पटक धेरैले भन्न थालेका छन्, यी मेहरेज अहिलेको पुस्ताका सबैभन्दा राम्रा विन्गर हुन् ।

– द मार्काबाट अनुवाद । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

वानखेडेमा कमजोर कोलकाता

वानखेडेमा कमजोर कोलकाता

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्

अञ्जन र एरिक राष्ट्रिय टिममा परेनन्