आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रशिक्षक इन्द्रलाई कोरोना, सन्तोष जापान जाने

आइतबार, ०३ श्रावण २०७८खेलपाटी संवाददाता
प्रशिक्षक इन्द्रलाई कोरोना, सन्तोष जापान जाने
Loading ad...
mustang rice ad

काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जापान प्रस्थान गर्नु अघि गरिएको परिक्षणमा प्रशिक्षक मल्ललाई कोरोना पोजेटिभ देखिएको हो ।

प्रशिक्षक मल्ल ओलम्पिक खेल्ने एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षक रहेकी थिइन् ।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव बिक्रम शाहले प्रशिक्षक मल्ललाई कोरोना संक्रमण भेटिएको पुष्टि गरे ।

‘शनिबार राति मल्ललाई कोभिड पोजेटिभ भएको जानकारी आएको छ । कोभिड देखिएपछि उनी ओलम्पिक जाने कुरा अनिश्चित बनेको छ ।’ शाहले खेलपाटीसंग भने ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले मल्ललाई कोभिड देखिएको भन्दै प्रशिक्षकको नाम सिफारिस गर्न अनुरोध गरेको छ ।

संघले मल्लको पुन परिक्षण गरेर मात्र प्रशिक्षकको नाम निक्र्योल गर्नुपर्ने अडान राखेको छ । एनओसीले भने पोजेटिभ देखिएका अफिसियललाई ओलम्पिक लैजान नसकिने बताएको छ ।

एथलेटिक्सका गोपीचन्द्र पार्कीको नाम ओलम्पिक जाने सूचिबाट हटेपछि सरस्वती चौधरीले सय मिटर दौडमा अवसर पाएकी थिईन् । महिला खेलाडी जाने भएपछि ओलम्पिक कमिटीले मल्लको नाम प्रशिक्षकमा सिफारिस गरेको थियो ।

संघले सुरुवातमा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ्गको नाम सिफारिस गरेको थियो । तर एनओसीले गुरुङले कोभिडको खोप नलगाएको भन्दै नयाँ प्रशिक्षक सिफारिस गर्न अनुरोध गरेको थियो । सोही अनुसार संघले मल्लको नाम सिफारिस गरेको थियो ।

मल्ललाई कोभिड देखिएपछि एनओसीले म्याराथनका प्रशिक्षक सन्तोष श्रेष्ठको नाम सिफारिस गर्न संघलाई पत्राचार गरेको छ । श्रेष्ठको कार्ड समेत पहिल्यै आईसकेको अवस्थामा श्रेष्ठको नाम सिफारिस गर्न एनओसीको दबाब छ । तर संघले पुन परिक्षण गरेरमात्र नयाँ प्रशिक्षकको टुङ्गो लगाउनुपर्ने अडान राखेको छ ।

May be an image of text

 

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का