एजेन्सी । कतारी धावक अब्देल्लाह हरुनको सडक दुर्घटनामा परेर निधन भएको छ ।
दोहामा कार दुर्घटनामा परेर धावक हरुनको निधन भएको हो ।
कतार एथलेटिक्स फेडेरेसनका अध्यक्ष मोहमद इसा अल फदलाले उनको दुर्घटनामा निधन भएको जनाएका छन् ।
'कतार स्पोर्ट्स र एथलेटिक्सले विश्व स्तरीय एक हिरोलाई गुमाएको छ,' अध्यक्ष मोहमदले भने ।
२४ वर्षीय धावकले २०१७ को विश्व च्याम्पियनसिपको ४ सय मिटरमा कास्य पदक जितेका थिए ।
सन् २०१८ को एसियन गेम्समा स्वर्ण विजेता हरुनले विश्व इन्डोर च्याम्पियनसिपमा रजत जितेका थिए ।
सुडानमा जन्मिएका उनी २०१५ मा कतारी नागरिक बनेका थिए ।
इन्डोनेसियाको जकार्तामा भएको एसियन गेम्सले उनले ४ गुना ४ सय मिटरको रिलेमा समेत स्वर्ण जितेका थिए ।
उनी टोकियोमा आयोजना हुने ओलम्पिक खेल्ने तयारीमा रहेका थिए ।