विलीले क्रोएसियासँगको खेल गुमाउने
सोमबार, असार ७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्कटल्याण्डका मिडफिल्डर विली गिल्मोरलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
स्कटिस एफएले सोमबार मिडफिल्डर विलीलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना संक्रमण भएपछि उनी १० दिनको सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
कोरोना देखिएपछि उनले क्रोएसियाविरुद्ध हुने समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् ।
स्कटिसले मंगलबार क्रोएसियासँग खेल्नेछ ।
चेल्सीका मिडफिल्डर विलीले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट खेलेका थिए ।
इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दा विली स्टार अफ द म्याच चुनिएका थिए ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



