आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'६० वर्षे युरोकप'

शुक्रबार, २८ जेठ २०७८खेलपाटी संवाददाता
'६० वर्षे युरोकप'
mustang rice ad

शिशिर भण्डारी ।

काठमाडौं । सन् १९६० मा फ्रान्सको आयोजना भएको पहिलो संस्करणमा युगोस्लाभियालाई २–१ ले पराजित गर्दै सोभियत युनियनले उपाधि जितेको थियो ।

पछिल्लो पटकको युरो सन् २०१६ मा फ्रान्समा नै आयोजना भएको थियो । आयोजक फ्रान्सलाई कप्तान क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले १–० गोलको अन्तरले उपाधि रक्षा गरेको थियो ।

लामो इतिहास बोकेको युरोकपले १५ संस्करण पूरा गरिसकेको छ । आजबाट सुरु हुने युरोकप १६ औं संस्करणको हुनेछ । गत वर्ष नै आयोजना हुनु पर्ने युरोकप कोरोना भाईरसको महामारीको कारण एक वर्ष ढिला आयोजना हुन् लागेको हो ।

यस पटकको युरोकप युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्दैछ । इटालीको रोममा आज हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् ।

प्रतियोगिताको फाइनल खेल जुलाई ११ मा लण्डनको वेम्बलीमा हुनेछ । यस संस्करणको युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ ।

UEFA EURO 2020: meet the teams | UEFA EURO 2020 | UEFA.com

युरोको इतिहास खोतल्दा सर्वाधिक धेरै स्पेनले ३ पटक उपाधि जितेको छ । पश्चिम जर्मनीसहित जर्मनीले समेत ३ उपाधि जितेको छ । 

फ्रान्सले दुई पटक उपाधि जित्दा इटाली, सोभियत संघ, चेक रिपब्लिक,  डेनमार्क, ग्रीस, नेदरल्याण्ड्स र पोर्चुगलले १/१ पटक उपाधि जितेका छन्।

प्राय सधै उपाधि दाबेदार मानिने इंग्ल्यान्डले भने उपाधि जित्न सकेको छैन । फिफाको विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले पनि उपाधि जित्न सकेको छैन । 

युरोकपको इतिहास कस्तो ?

फ्रान्सबाट सुरु भएको युरोकपको दोस्रो संस्करण स्पेनमा आयोजना भएको थियो । जसमा टिम बढाएर २९ पुर्याएको थियो । उक्त प्रतिस्पर्धाको फाइनलमा आयोजक स्पेनले पूर्व विजेता सोभियत युनियनलाई २-१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो संस्करणको युरोको उपाधि इटालीले जितेको थियो । सन् १९७२ मा आयोजनाको जिम्मा बेल्जियमले पायो । यसै प्रतियोगिताबाट जर्मन एक पावरहाउस टिमको रुपमा विश्व सामू चिनियो । जसले युरो मात्र जितेन, त्यसको दुई वर्ष पछि आयोजना भएको विश्वकपको समेत उपाधि जित्यो ।

सन् १९७६ मा भएको फाइनल खेलमा खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ आयोजक युगोस्लाभियाले वेस्ट जर्मनलाई ५-३ ले पराजित गरेको थियो ।

Belgium-West Germany | Hrubesch is West Germany's hero in EURO 1980 final  against Belgium | UEFA EURO 2020 | UEFA.com

चार चार वर्षमा आयोजना हुँदै आएको युरोको १९९० को संस्करणमा मात्र ८ टोलीले सहभागिता जनाएका थिए । जसमा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूहको विजेताले फाइनलमा स्थान बनाउने थिए भने दोस्रो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु पर्ने नियम थियो । यस संस्करणमा वेस्ट जर्मनले बेल्जियमलाई पराजित गर्दै दोस्रो पटक युरोको उपाधि जितेको थियो । त्यसपछिका तीन संस्करण पनि यहिँ फर्म्याटमा आयोजना भएका थिए । जसमा फ्रान्स, नेदरल्यान्ड्स र डेनमार्कले जितेको थियो ।

१९९६ मा आयोजना भएको युरोमा फेरी १६ राष्ट्रले सहभागिता जनाए । वेस्ट जर्मनबाट जर्मनमा रुपान्तरीत जर्मनले यस पटकको युरो उपाधि जितेको थियो । २००० को युरो पहिलो पटक दुई राष्ट्र (नेदरल्यान्ड्स र बेल्जियम) मा आयोजना भयो । १९९८ को विश्वकप विजेता टोली फ्रान्स नै यस युरोको च्याम्पियन बनेको थियो ।

इटालीसँग १–० ले पछि परेको अवस्थामा फ्रान्सले गोल गर्दै ९० मिनेटको समयमा खेल बराबरीमा ल्याएको थियो । त्यसपछि अतिरिक्त समयमा थप एक गोल गर्दै फ्रान्सले युरोको उपाधि जितेको थियो ।

सन् २००४ को युरो आयोजना गरेको पोर्चुगल पहिलो पटक फाइनमा पुगेको थियो । तर, पोर्चुगलले उपाधि जित्न सकेन् । फाइनल खेलमा ग्रिसले पोर्चुगललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

The History of The UEFA Euro: 1972, Dream Debut for West Germany

२००८ को युरोमा स्पेनले जर्मनलाई पराजित गर्दै उपाधि जित्यो । यहि प्रतियोगिताबाट पावरहाउसको रुपमा अगाडी बढेको स्पेनले त्यसको दुई वर्ष पछि आयोजना भएको विश्वकप र २०१२ मा पोल्याण्ड र युक्रेनमा आयोजना भएको युरोको उपाधि जित्दै आफ्नो स्वर्णिम युगको सुरुवात गरेको थियो । २०१२ को युरोकपमा स्पेनले इटालीलाई ४–० को फराकिलो हार चखाएको थियो ।

पहिलो पटक २४ राष्ट्र सहभागिता रहेको युरो २०१६ को आयोजना फ्रान्सले गरेको थियो । यस पटकको युरोको फाइनलमा आयोजक फ्रान्स र पोर्चुगलबीच भएको थियो । जहा पोर्चुगलले फ्रान्सलाई १-० लेपराजित गर्दै उपाधि जित्यो ।

European Championship | History, Winners, & Facts | Britannica

-एजेन्सीको सहयोग 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

Bajaj Pulsar Motorcycle Ad
दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन