विश्वकप फुटबल हरेक दुई वर्षमा गर्ने फिफाको योजना
शनिबार, जेठ ८, २०७८खेलपाटी संवाददाता

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजना गर्ने तयारी थालेको छ ।
फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको छ ।
साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको हो ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र विस्तृत प्रस्ताव भनेका छन् ।
पुरुष विश्वकप हरेक चार वर्षमा हुँदै आइरहेको छ । दोस्रो विश्व युद्दको कारण विश्वकप चार वर्षमा गरिदै आएको हो ।
महिला विश्वकप भने सन् १९९१ बाटै हरेक चार वर्षमा हुँदै आईरहेको छ ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)