मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

को बन्ला सर्वाधिक गोलकर्ता ?

बुधबार, २२ बैशाख २०७८नमीन ढकाल
को बन्ला सर्वाधिक गोलकर्ता ?
Loading ad...
mustang rice ad

काठमाडौं । कोरोना महामारीले देश ठप्प छ । तर फ्रेन्चाईज फुटबलको पहिलो संस्करण नेपाल सुपर लिग काठमाडौंको दशरथ रंगशालामा जारी छ ।

‘फ्लड लाईट’मा सञ्चालन भईरहेको एनएसएलको चौंथो चरणका खेल समाप्त भएका छन् । अहिलेसम्म विराटनगर सिटी एफसी शीर्ष स्थानमा रहेको छ । उसको ७ अंक छ । विराटनगर सिटी र काठमाडौं रेजर्सको समेत समान ७ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा विराटनगर शीर्ष स्थानमा रहेको हो ।

समान ५ अंक बनाएका बुटबल लम्बिनी र पोखरा थण्डर्सको गोल अन्तरका आधारमा क्रमशः चौथो र पाँचौं स्थानमा छन् । हालसम्म जित विहिन रहेका छन्, ललितपुर सिटी र एफसी चितवन । ललितपुर तीन बराबरीसंगै तीन अंक बनाएर छैठौं स्थानमा छ । दुई बराबरी खेलेको चितवन तालिकाको पुछारमा छ ।

एनएसएलमा सबै टिमको स्तर उस्तै देखिन्छ । नतिजा कस्तो निस्कन्छ, भन्न सकिने अवस्था छैन । युरोपदेखि छिमेकी भारतमा आईलिग खेलका खेलाडी एनएसएलमा आबद्ध छन् । एनएसएल जति अघि बढ्दैछ, उति खेल स्तरीय देखिदैछ ।

घरेलु खेलाडीदेखि विदेशी खेलाडी पहिलो संस्करणको एनएसएलमा आफ्नो प्रभाव देखाउन प्रयासरत छन् । फुटबलमा जित्न गोलनै चाहिन्छ । त्यही गोलका लागि सबै टिम संघर्ष गरिरहेका छन् । फरवार्डहरु आफुलाई प्रमाणित गर्न प्रयास गरिरहेका छन् । तालिकामा शीर्ष चारको दौडसंगै सर्वाधिक गोलकर्ताको दौड समेत एनएसएलमा देख्न सकिन्छ ।

जुन खेलाडीले गोल गरेका छन्, उनीहरुले टिमले नकआउट चरणको सम्भावना बलियो बनाएको छ । सर्वाधिक गोलकर्ताको अग्रपङ्तीमा देखिएका छन्, धनगढी एफसीका ओलादिपो ओलावाले अफिज । उनले पछिल्ला ४ खेलमा ४ गोल गरेका छन् । उनलाई पछ्याउने क्रममा विराटनगर सिटी एफसीका सन्तोष तामाङको ३ गोल गरेका छन् । विराटनगरकै विदेशी खेलाडी पेड्रो मान्जीको दुई गोल गर्दा बुटवल लुम्बिनी एफसीका लक्ष्मण रुचालले दुई गोल गरेका छन् ।

एनएसएलमा १४ खेल सकिँदा २८ गोल पूरा भएका छन् । जसमा १ गोल पेनाल्टीमा र अर्को एक गोल आत्माघाती भएको छ । तीन पेनाल्टी बचाउ भएका छन् ।
चितवनका अमित तामाङ पेनाल्टीमा गोल गर्ने एक्ला खेलाडी हुन् । पोखरा थन्डर्सका अजित भण्डारीले आत्मघाती गोलको नाम लेखाएका छन् । यस्तै, राष्ट्रिय फुटबल टोलीका गोलरक्षकत्रय किरण कुमार लिम्बु, विकेश कुथु र विशाल सुनारले एक–एक पेनाल्टी रोकेका छन् ।

जो सर्वाधिक गोलकर्ताको दौडमा छन् -

ओलादिपो ओलावाले आफिज

ओलावाले आफिज घरेलु फुटबलका लागि नयाँ नाम हैन । उनी घरेलु फुटबलका गोल मसिन हुन् । उनी अहिले धनगढी एफसीका खेलाडी बनेका छन् । नाईजेरियाली स्ट्राइकर एनएसएलको जारी प्रतियोगितामा ४ गोल सहित सर्वाधिक गोलकर्ताको दौडमा अघि छन् । उनले ४ खेलमा ४ गोल गरिसकेका छन् । पहिलो खेलमा विराटनगरविरुद्ध उनी चल्न सकेनन् । त्यसपछिका प्रत्येक खेलमा अफिजको गोल निस्किरहेको छ ।


दोस्रो खेलमा काठमाडौं रेजर्सविरुद्ध ३-० को जित निकाल्ने क्रममा उनले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले तेस्रो खेलमा ललितपुर सिटी एफसीसँग १-१ को बराबरीमा रोकिने क्रममा एक गोल गरेका थिए । चौथो गोल चितवनलाई ३-० ले पराजित गर्ने क्रममा पुरा गरे ।
यसअघि विना रेलिगेशनको ए डिभिजन लिग खेल्ने क्रममा मनाङ मस्र्याङ्दीका आफिजले तत्कालिन थ्री स्टारका खेलाडी रन्जित धिमालसँगै सर्वाधिक ७-७ गोल गरेका थिए । उनी घरेलु फुटबलमा आएका विदेशी खेलाडी मध्य सर्वाधिक राम्रा फरवार्ड मानिन्छन् ।

सन्तोष तामाङ

राष्ट्रिय फुटबल टोलीका सदस्य सन्तोष तामाङ जारी एनएसएलमा सर्वाधिक गोल गर्ने खेलाडीको दौडमा छन् । विराटनगर सिटी एफसीको प्रतिनिधित्व गरिरहेका उनले तीन गोल गरेका छन् । त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडी उनले गरेका तीनै गोल प्रतियोगिताका उत्कृष्ट गोल मानिएको छ ।
सन्तोषले पहिलो गोल पहिलो खेलमै गरेका थिए । उनले राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण सम्मिलित धनगढी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्ने क्रममा ६९ औं मिनेटमा आकर्षक गोल गरेका थिए । त्यसपछि पोखराविरुद्ध गोलविहिन रहेका उनले बुटबल लुम्बिनीसँग २–२ को बराबरी गर्ने क्रममा थपिएको ३ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । तेस्रो गोल भने चितवनविरुद्ध ८९ औं मिनेटमा गरेका थिए ।

एनएसएलका ए श्रेणीका २६ वर्षीय मिडफिल्डर सन्तोषलाई विराटनगरले १ लाखमा किनेको थियो । उनले जारी एनएसएलमा आफुलाई उत्कृष्ट आक्रमक मिडफिल्डरको रुपमा प्रस्तुत गरिरहेका छन् ।


पेड्रो जाभियर मान्जी क्रुज

पेड्रो जाभियर मान्जी क्रुज एनएसएलमा आएका विदेशी खेलाडी मध्य सबैभन्दा प्रभावशाली फरवार्ड हुन् । विराटनगर सिटीमा आबद्ध उनले ४ खेल खेल्दा २ गोल गरेका छन् । स्पेनीस नागरिक मान्जीलाई विराटनगरका लागि भारतीय प्रशिक्षक यान ललेनै नेपालसम्म झिकाएका हुन् । भारतीय आई लिगको दुई संस्करण साथै जापानको दोस्रो डिभिजन लिगको अनुभव रहेका मान्जी सोचे अनुसार प्रदर्शन दिन सकेका छैनन् ।


लामा र शसक्त प्रहार गर्ने खुबी भएका मान्जीले पछिल्ला दुई खेलमा दुई गोल गर्दा आफ्नो लय फर्काउने कोशिस गरिरहेका छन् । मान्जीले बुटबल लुम्बिनी र चितवनविरुद्ध एक–एक गोल गरेका हुन् । दुई गोल उच्चस्तरीय रहेको थियो ।

लक्ष्मण रुचाल

घरेलु लिगमा सन्तुलित प्रदर्शन गर्ने खेलाडीमा पर्छन्, लक्ष्मण रुचाल । फ्रेन्चाईज लिगमा उनले बुटबल लुम्बिनीको प्रतिनिधित्व गरेका छन् । प्रतियोगितामा ४ खेल खेल्दा मिडफिल्डर रुचालले २ गोल गरेका छन् । एनएसएलमा अहिलेसम्म विराटनगरका मान्जी र लक्ष्मणको सामान दुई गोल गरेका छन् ।
युथ टोलीमा राम्रो प्रदर्शन गरेर शीर्ष डिभिजनको फुटबलमा आएका उनी राम्रा फुटबलर मानिन्छन् । पछिल्लो लिग फुटबलमा संकटा क्लबबाट प्रतिनिधित्व गरेका उनले दुबै लिगमा समान दुई–दुई गोल गरेका थिए ।

हाल फ्रन्चाईज लिगमा समेत उनको दुई गोल रहेको छ । लक्ष्मणको आफ्नो दोस्रो अर्थात चितवन एफसीविरुद्ध गोल गर्दै प्रतियोगितामा खाता खोलेका हुन् । चौथो खेलमा उनले विराटनगरविरुद्ध गोल गरे

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

सदुरपश्चिम र मधेशको जित

सदुरपश्चिम र मधेशको जित

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

समराले रचेको इतिहास व्यर्थ

समराले रचेको इतिहास व्यर्थ

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

जितविहीन नेपाल

जितविहीन नेपाल