लाजियोमाथि नापोलीको जित
शुक्रबार, १० बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा नापोलीले लाजियोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले दुई गोल गरे ।
यस्तै माटियो पोलीटानो, ड्रिएस मेर्टेन्स र भिक्टर ओसीम्हेनले एक एक एक गोल गरे ।
लाजियोका सिरो इम्मोबाइल र सेर्जिज साभिकले एक एक गोल फर्काए ।
यस जितसँगै नापोलीले ३२ खेलमा ६३ अंक जोडेको छ ।
नापोली लिगको पाँचौं स्थानमा रहेको छ ।
लाजियो ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
