बायर्न युरोपियन सुपर लिगको विपक्षमा

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताको विपक्षमा उभिएको छ ।
जर्मन च्याम्पियन बायर्नले क्लब युरोपियन सुपर लिगको पक्षमा रहेको स्पष्ट पारेको छ ।
क्लबका सिईओ कार्ल हेन्जले क्लब युरोपियन सुपर लिगमा सहभागी नहुने बताएका छन् ।
'एफसी बायर्न सुपर लिगको योजनामा सहभागी हुँदैन,' कार्लले भनेका छन्, 'हामी विश्वस्त छौ की फुटबलको वर्तमान संरचनाले भरपर्दो आधारको ग्यारेन्टी दिनेछ ।'
युरोपका १२ क्लबले आइतबार आफ्नो नतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।
नयाँ प्रतियोगिताको संस्थापक क्लबमा प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् ।
स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् ।
उनीहरुले नयाँ प्रतियोगिताले क्लबको वित्तीय समस्या समाधान गर्ने जनाएका थिए ।
तर, बायर्नका सिईओले कार्लले आफुहरु त्यसमा विश्वस्त नरहेको बताए ।
'मलाई विश्वास छैन की सुपर लिगले वित्तीय समस्या समाधान हुनेछ । जुन कोरोना भाईरसले भएको थियो । बरु युरोपका क्लबहरुले एकताको काम गर्नु पर्छ,' उनले भने ।
यस्तै कार्लले च्याम्पियन्स लिगको सुधारलाई सबैले स्वागत गर्नु पर्ने बताए ।













