बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

विदुर नगरपालिकालाई उपाधि 

बुधबार, चैत २५, २०७७खेलपाटी संवाददाता
विदुर नगरपालिकालाई उपाधि 
Classic Tech Internet Ad

नुवाकोट । शिवपुरी अध्यक्ष गोल्डकप फुटबलको उपाधि विदुर नगरपालिकाले उचालेको छ ।

फाइनल खेलमा आयोजक शिवपुरी गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै विदुरले उपाधि उचालेको हो । विदुरका लागि ४ वटै गोल आकाश रानामगरले गरेका थिए । उनले खेलको १६, १९, ४८ र ५८ औं मिनेटमा गोल गरे ।

शिवपुरीका लागि १ गोल आशिष थिङले ४३ औं मिनेटमा गरेका थिए । उनले प्रहार गरेको उत्कृष्ट फ्रिकिकले जाली चुमेको थियो ।

जितसँगै विदुर नगरपालिकाले ६ लाख रुपैयाँ नगद र ट्रफी हात पार्यो  । त्यस्तै शिवपुरीले ४ लाख रुपैयाँ नगद र ट्रफी पायो ।


त्यस्तै सुर्यगढीलाई ५–१ ले पराजित गर्दै किस्पाङ गाउँपालिकाले तेस्रो स्थान हासिल गर्यो । किस्पाङका लागि बुद्धि तामाङ, खेमन तामाङ, पृथ्वीनरसिंह प्याकुरेल र सुमन तामाङले गोल गरे । खेमनले ४२ र ६५ औं मिनेटमा गोल गरेका थिए । किस्पाङले २ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा शिवपुरी गाउँपालिकाका खेलाडी मोहन गुरुङ सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले १५ हजार नगद प्राप्त गरे । त्यस्तै उच्च गोलकर्ता विदुर नगरपालिकाका आकाश रानामगर, उत्कृष्ट मिडफिल्ड सुर्यगढीका रञ्जित गुरुङ, उत्कृष्ट गोलरक्षक विदुरका सुर्य तामाङ, उत्कृष्ट डिफेन्डर शिवपुरीका अलिक रुम्बा, उत्कृष्ट फरवार्ड शिवपुरीका सागर भण्डारी घोषित भए । उनीहरुलाई जनही नगद ५ हजार प्रदान गरियो ।

उत्कृष्ट प्रशिक्षकको विधा भने विदुर नगरपालिकाका प्रशिक्षकले पाउनु पर्नेमा रेफ्री तथा आयोजकप्रति अभद्र व्यवहार देखाएकाले विधा नै रद्ध गरिएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद हितबहादुर तामाङ, विशिष्ट अतिथी सांसद बहादुर सिंह लामा, बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष मञ्जु केसी लगायतले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट