बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपत्यका केन्द्रित क्लब : खेलाडी खोज्न पूर्व–पश्चिम दौड

आइतबार, २२ चैत्र २०७७दिपेश तिमल्सिना
उपत्यका केन्द्रित क्लब : खेलाडी खोज्न पूर्व–पश्चिम दौड
Loading ad...
mustang rice ad

काठमाडौं । उपत्यकामा केन्द्रित नेपाली फुटबलमा अधिकांस क्लबहरु उपत्यकाकै छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने लिगहरुमा उपत्यकाकै क्लबहरुको वर्चस्व रहने गरेको पाइन्छ ।

नेपाली फुटबलको शीर्ष लिग सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहेको छ । त्यस्तै ‘बी’ डिभिजनमा १२ र ‘सी’ डिभिजनमा १४ क्लब छन् । ‘ए’ र ‘बी’ डिभिजन लिग खेल्ने सबै क्लब उपत्यकाकै हुन् । ‘सी’ डिभिजनमा पनि उपत्यकाकै क्लबको वर्चस्व छ ।

‘सी’ डिभिजन खेल्ने विरगंज युनाइटेड, विरगंज युथ एकेडेमी र झापा एफसी गरी तीन क्लब बाहेक सबै अन्य क्लब उपत्यकाकै हुन् । तर, उपत्यकाका क्लबले खेलाडी उत्पादन भने गर्न सकेका छैनन् ।

पछिल्लो समय क्लबहरुले स्थानीय खेलाडी पाउँन मुस्किल भएको आरसीटीका क्लबका अध्यक्ष सुरेशकाजी शाक्यले बताए ।

‘अहिले काठमाडौंमा खेल मैदान नै छैन । पहिले–पहिले टुडिखेल हाम्रो फुटबल खेल्ने थलो हो । तर, अहिते त्यो अवस्था रहेन,’ आरसीटीका अध्यक्ष शाक्यले भने, ‘खेल मैदान नहुँदा पछिल्लो समय उपत्यकाका कुनै पनि क्लबले स्थानीय खेलाडी उत्पादन गर्न सकेका छैनन् । लिग खेल्ने हरेक क्लबमा हेर्नुस्, बढीमा दुई जना खेलाडी उपत्यकाका होलान् । त्यो पनि बेन्चमै सिमित ।’

उनले पछिल्लो समय उपत्यकाका नाममा क्लबको संख्या मात्र रहेको बताए । क्लबको नाम मात्र जोगाउन तिर लागेकाले क्लबले खेलाडी उत्पादन गर्न नसकेको उनको गुनासो छ । क्लबका अध्यक्ष शाक्यले आफ्नै उत्पादन र स्थानिय खेलाडी नहुँदा क्लबहरुले खेलाडी अनुबन्ध गर्दा पूर्व–पश्चिम दौडिनु परिरहेको सुनाए ।

‘नेपाली फुटबलको सुरुवात हुँदा क्लबमा उपत्यकाका खेलाडीको वर्चस्व रहने गरेको पाइन्थ्यो । तर, अहिले लिग खेल्ने क्लबहरुमा उपत्यकाका खेलाडी देख्न मुस्किल जस्तै छ,’ उनले भने, ‘जसको उदाहरणका लागि हाम्रो क्लब आरसीटी क्लबको इतिहासलाई पल्टाउन सकिन्छ । हामीसँग स्थानीय खेलाडी धेरै भएर तीन टिम बनाएर खेल्ने गर्दथ्यौ ।’

बिस २०३० देखि २०४० को दशकमा आरसीटीसँग चार टिम रहेका थिए । टिम ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार टिमले नेपालमा आयोजना हुने विभिन्न लिगहरुमा आरसीटीको सहभागिता रहने गर्दथ्यो ।

आरसीटीमा रहेका सबैभन्दा उत्कृष्ट खेलाडी टिम ‘ए’बाट एक डिभिजन लिग खेल्ने गर्दथ्यो । त्यस्तै क्रमशः खेलाडीको स्तर अनुसार ‘बी’ र ‘सी’ लिगमा आरसीटीको प्रतिस्पर्धा रहेको थियो । टिम ‘डी’ ले भने स्थानिय नकआउट कप प्रतियोगिता खेल्ने गर्थ्यो । तर, अहिले आरसीटीले स्वयमले नै ‘बी’ डिभिजन लिग खेल्ने एक टिम पुर्याउन खेलाडीको खोजीमा पूर्व–पश्चिम दौडीनु परेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘अहिले बालबालिकाहरु स्कुलबाट फर्किन्छन् । आफ्नो गृहकार्य तिर व्यस्त रहन्छन् । उनीहरु खेल मैदान नभएका कारण खेल तिर लाग्न सकिरहेका छैनन्,’ उनले भने, ‘आफ्ना स्थानीय खेलाडी नभएपछि उपत्यकाका सबै क्लबहरु खेलाडी खोज्न पूर्व–पश्चिम दौडिन्छन् । अहिलेसम्म ९० प्रतिशत खेलाडी खोजेरै सबै क्लबले आफ्नो क्लबमा अनुबन्ध गरिरहेका हुन्छन् । जसले गर्दा उपत्यकामा क्लब मात्रै छन् । त्यो पुरानो फुटबलको रौनक छैन।’

पछिल्लो समय क्लबहरुले खेलाडी खोज्न पूर्व–पश्चिम दौडिनु पर्ने भएकाले आफ्नै खेल मैदान बनाउन अति आवश्यक रहेको आरसीटीका सदस्य नरेश बैद्यले बताए । उनले क्लबले आफ्नै खेल मैदान बनाउन सके स्थानिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए ।

उनले इतिहासले मात्र अब फुटबल नचल्ने दाबी गरे । पुर्खाको गुणले मात्र दुई–चार घरबाट खेलाडी निस्कदैमा राम्रो स्थानीय खेलाडी हुन नसक्ने उनको भनाइ छ ।

नेपाली फुटबलको इतिहास हेर्दा समेत उपत्यकाका फुटबल खेलाडीको वर्चस्व घट्दै गएको पाइन्छ । राष्ट्रिय टोलीले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता थ्री नेशन्स कप फुटबलमा पनि उपत्यकका एक मात्र खेलाडी विराज महर्जन रहेका थिए । उनले पनि सोही प्रतियोगिताबाट सन्यास लिए ।

नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको चार दशकसम्म पुग्दा उपत्यकाको फुटबल फेरीएको पाइन्छन् । सन् १९७२ मा नेपालले पहिलोपटक चीनसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई आधिकारिक खेल नमानिए पनि सोही खेलमा उपत्यकाका खेलाडीको बाहुल्यता रहेको थियो ।

सन् १९८२ मा पाकिस्तानसँग कराँचीमा खेलेको एसियन गेम्स छनोट नै नेपालको पहिलो अन्तर्राष्ट्रिय आधिकारिक खेल हो । त्यसयता नेपालले हालसम्म विभिन्न देशसँग विभिन्न प्रतियोगितादेखि मैत्रीपूर्ण खेललगायतका खेलहरु खेल्दै आएको छ ।

१९८२ देखि नेपालले खेलेको छैटौं दक्षिण एसियाली खेलकुद (साग) सम्म फुटबल टोलीमा उपत्यका खेलाडी रहेका थिए । तर, घरेलु भूमिमा आयोजना भएको १३ औं सागसम्म आईपुग्दा त्यो अवस्था भने फेरीएको छ ।

१९९३ मा नेपाली फुटबल टोलीले साग जित्दाका एक सदस्य कुमारराज भण्डारीले विगत सम्झदै भने, ‘त्यतिबेला फुटबल मात्र हैन । अन्य खेलमा पनि उपत्पकाकै खेलाडीहरु धेरै हुन्थ्ये । तर, अहिले त्यसो भन्दा विश्वास गर्ने अवस्था छैन् । किनभने यतिबेला फुटबलमा पूर्वका खेलाडीहरुको बाहुल्यता छ ।’

उनले थपे, ‘हाम्रो समयमा उपत्यकाका धेरै जसो ठाउँदा खेल मैदान थिए । हामी स्कुल सकिएपछि खेल्नकै लागि भनेर टुडिखेल पुथ्यौ । त्यो समयमा आफुभन्दा सिनियर दाइहरुसँग फुटबल खेल्थ्यौ । हामी स्थानीय खेलाडी नै यति हुन्थ्यौ की किहिले कहीं तीन–चार टिम बनाउँदा समेत हामीले खेल्ने अवस पाउँदैन थियौ । तर, अहिले उपत्यकाको मात्र एक टिम बनाउने हो भने । युवा खेलाडी पुग्दैनन् ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टर्की पुगे सलाह

टर्की पुगे सलाह

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’