एजेन्सी । पाकिस्तानले घरेलु टिम दक्षिण अफ्रीकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित निकालेको छ ।
सेन्चुरीयनमा शुक्रबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई ३ विकेटले हराएको हो ।
दक्षिण अफ्रीकाले दिएको २ सय ७४ रनको लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा कप्तान बाबर आजमले १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनको यो १३ औं एकदिवसीय शतक हो ।
इमाम उल हकले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद रिजवानले ४० रन बनाए । शादब खान ३३ रनमा आउट भए ।
दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले ४ विकेट लिए । एडिलेको नाममा २ विकेट रह्यो ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै १ सय २३ रनको शतकीय इनिङ्स खेले ।
डेभिड मिल्लरले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा एडिलेले २९ रन बनाए ।
क्विन्टन डी कक २० रनमा आउट हुँदा एडिन मार्क्रम १९ रनमा आउट भए । कागिसो राबडा १३ रनमा अविजित रहे ।
पाकिस्तानका सहिन शाह अफ्रिदी र हरिस राउफले २/२ विकेट लिए ।
जितसँगै ३ खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता बनाएको छ ।