एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्रिकेट कमिटिले तीन नियममा परिवर्तन गरेको छ ।
पहिलो परिवर्तनमा आईसीसीले विकेट जोनको उचाँई बढाएर स्टम्पभन्दा माथीसम्म पुर्याएको छ । यसमा एलबीडब्लुका बेला अम्पायर्स कल गर्दा विकेटको उचाई र चौडाई समान रहनेछ ।
त्यस्तै दोस्रो परिवर्तनमा अम्पायर्सले रिभ्यू लिनुभन्दा पहिले खेलाडीले अम्पायरसँग कुरा गर्न पाउने छन् । खेलाडीले अम्पायरसँग ब्याट्सम्यानको बल खेल्ने प्रयास सहि छ वा छैन सोध्न पाउनेछन् ।
तेस्रो परिवर्तनमा आईसीसीले थर्ड अम्पायरलाई अझबढी शक्तिशाली बनाएको छ । थर्ड अम्पायरले खेलको कुनै पनि सटलाई जाँच गर्दै आफ्नो निर्णय लिन सक्ने छन् ।
अम्पायर कललाई जीवित राख्नुको कारण मैदानमा रहेको अम्पायरको निर्णय सबैभन्दा माथी रहने बताइएको छ । कुनै ठुलो गल्ती भए त्यसलाई डीआरएसको प्रयोगबाट सच्चाउन सक्नेछन् । तर, अम्पायर कललाई ठुलो गल्तीमा समावेश गरिएको छैन् ।