एजेन्सी । अष्ट्रेलियाका बलर जोस हाजलउड १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट नखेल्ने भएका छन् ।
चेन्नई सुपर किङ्समा आबद्द हाजलउडले टिमबाट नाम फिर्ता लिएका छन् । अष्ट्रेलियाको आगामी क्यालेन्डरका लागि तयार रहन उनले आईपीएलबाट नाम फिर्ता लिएको बताईएको छ ।
३० वर्षीय फास्ट बलर हाजलउड आईपीएलबाट नाम फिर्ता लिने तेस्रो खेलाडी हुन् । यस अघि जोस फिलिप र मिचेल मार्शले नाम फिर्ता लिईसकेका छन् ।
१४ औं संस्करणको प्रतियोगिता अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।
चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् ।
आईपीएलका लागि अक्सन सम्पन्न भईसकेको छ ।
कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल भने युएईमा आयोजना भएको थियो ।
फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो ।