एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि सनराइजर्स हैदरावादले इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान जासन रोयलाई अनुबन्ध गरेको छ ।
हैदरावादले मिचेल मार्सको स्थानमा जासनलाई अनुबन्ध गरेको हो ।
मिचेलले यस सिजनको आईपीएल खेल्न नसक्ने बताएपछि हैदरावादले जासनलाई भित्र्याएको हो ।
मिचेलले व्यक्तिगत कारण देखाएर टिमबाट नाम फिर्ता लिएका हुन् ।
१४ औं संस्करणको प्रतियोगिता अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।
चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् ।
आईपीएलका लागि अक्सन सम्पन्न भईसकेको छ ।
कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल भने युएईमा आयोजना भएको थियो ।
फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो ।