काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले 'हाइ पर्फमेन्स क्रिकेट क्लिनिक' कार्यक्रम स्थगित गरेको छ ।
क्यानले मंगलबार क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ ।
क्यानले नेपालमा आयोजना हुने त्रिदेशीय क्रिकेट सिरिजको कारण क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा आयोजना क्यानले क्रिकेट क्लिनिक सुरु गरेको थियो ।
क्यानले प्रदेश-१ मा क्रिकेट क्लिनिक सम्पन्न गरिसकेको थियो ।
क्रिकेट क्लिनिकमा सहभागीलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक देभ वाटमोरले प्रशिक्षण दिने तालिका रहेको थियो ।
तर, राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि प्रशिक्षक वाटमोर राजधानी फर्किनु पर्ने भएपछि क्यानले क्रिकेट क्लिनिक स्थगित गरेको हो ।
क्यानले सिरिज सकिएपछि क्रिकेट क्लिनिक सुरु गर्ने जनाएको छ ।
त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने सिरिज बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७-२४) हुनेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।