काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताका लागि ललितपुर मेयर-११ को टिम घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सरस्वती चौधरीको कप्तानीमा ललितपुर मेयरको टिम घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको १४ सदस्सीय टिममा कविता गौतम, विमला मगर, सुमन खतिवडा, आरती बिडारी,केनुका बस्नेत र अलिशा लामिछाने रहेकी छिन् ।
यस्तै अनुराधा चौधरी,शोभा आले,बिन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली रहेकी छिन् ।
मेयर कप चैत २१ देखि २८ गतेसम्म आयोजना हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी-ट्वान्टी फर्म्याटको हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन् ।
हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।