एजेन्सी । इंग्ल्यान्डले घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीयमा सानदार जित निकालेको छ ।
पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको सानदार जित निकालेको हो ।
भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४ रनको शतकीय इनिङ्स खेले ।
यस्तै बिस्फोटक ब्याटिङ गरेका बेन स्टोक्सले ५२ बलमा ९९ रनको अर्धशतकीय इनिङ्स खेले । जासन रोयले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै लियाम लिभिङस्टोनले अविजित २७ रन बनाउँदा डाविड मालनले अविजित १६ रन बनाए ।
भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए । भुवनेश्वर कुमारले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।
भारतका केएल राहुलले १ सय ८ रनको शतकीय इनिङ्स खेले ।
यस्तै ऋषव पन्तले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।
हार्दिक पाण्डयले ३५ रन जोड्दा रोहित शर्मा २५ रन जोड्दा आउट भए । कुर्नाल पाण्डय १२ रनमा अविजित रहे ।
इंग्ल्यान्डका टम करण र रिची टोप्लेले २/२ विकेट लिए । आदील राशिद र साम करणले १/१ विकेट लिए ।
यस जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा भारतले जित निकालेको थियो ।