एजेन्सी । इंग्ल्यान्डका कप्तान इयान मोर्गन र साम विलिङ्सले भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट गुमाउन सक्ने भएका छन् ।
मंगलबार राति भएको पहिलो एकदिवसीयमा चोट बोकेपछि दुई मोर्गन र विलिङ्सले दोस्रो खेल गुमाउने भएका हुन् ।
मोर्गनको हातको औलामा चोट लागेको थियो । यस्तै विलिङ्सको छातीको हड्डीमा चोट लागेको बताईएको छ ।
पहिलो खेलमा मोर्गनले २२ र विलिङ्सले १८ रन बनाएका थिए । पहिलो खेलमा भारत ६६ रनले विजयी भएको थियो ।
तीन खेलको सिरिजमा भारत १-० ले अघि रहेको छ ।
इंग्ल्यान्ड र भारतबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।