फ्रेन्चाइज टिम बीसीएफसीले विराटनगरमा तयारी गर्ने
मंगलबार, १० चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम विराटनगर सिटी फुटबल क्लब (बीसीएफसी) ले प्रि सिजनको तयारी विराटनगरमा आयोजना गर्ने भएको छ ।
बीसीएफसीले मंगलबार एक विज्ञप्ति निकाल्दै टिमको प्रि-सिजन प्रशिक्षण विराटनगरमा गरिने जनाएको छ ।
बीसीएफसीले विराटनगरमा १० दिन प्रशिक्षण गर्नेछ । जसमा स्थानीय खेलाडीहरु समेत सामेल हुनेछन् ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
बीसीएफसीले राष्ट्रिय फुटबल टिमका सदस्य तथा डिफेन्डर रञ्जित धिमाललाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरिसकेको छ ।
यस्तै अक्सनबाट खेलाडी समेत छनोट गरिसकेको छ ।





-1771592656087.jpeg&w=3840&q=75)

-1771557471194.webp&w=3840&q=75)



-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)

