बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

थ्री नेसन्स कपको सम्पूर्ण जानकारी

मंगलबार, चैत १०, २०७७खेलपाटी संवाददाता
थ्री नेसन्स कपको सम्पूर्ण जानकारी
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा थ्री नेसन्स कप आज (मंगलबार) बाट सुरु हुँदैछ ।

एन्फा कार्यसमितिमा कर्मा छिरिङ शेर्पाको नेतृत्व आएपछि एन्फाले आयोजना गर्न लागेको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार बंगलादेश र किर्गिस्तानको यू-२३ टोली प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछन् । खेल साँझको साढे ५ बजे हुनेछ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामाले गर्ने एन्फाले जनाएको छ ।

७२ सालको भुकम्पपछि एन्फाले दशरथ रंगशालामा गर्न लागेको यो पहिलो प्रतियोगिता समेत हो । यस अघि रंगशालामा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आयोजना भएपनि सो प्रतियोगिता एन्फाले गरेको थिएन ।

थ्री नेसन्समा नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । भारतीय आई लिग छोडेर किरण नेपाल आईसकेका छन् ।

नेपालले भने पहिलो खेलमा बुधबार किर्गिस्तानसँग खेल्नेछ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

टिकट दर नघट्ने -

यस अघिनै एन्फाले प्रतियोगिताको टिकट दर सामान्यतर्फ ७०० र भिआईपीतर्फ १५०० तोकेको थियो । तर अन्तिम पत्रकार सम्मेलमा समेत एन्फाले टिकट दर नघट्ने संकेत गरेकोजनाएको छ । पछिल्लो समय टिकट दर बृद्धि भएसँगै फुटबल प्रेमीहरुले टिकट दर घट्नुपर्ने बताउँदै आएका छन् ।

एन्फाले प्रतियोगिताको टिकट, स्पोन्सर र ब्रोडकाष्टिङबाट करिब १ करोड ५० लाख उठाउने लक्ष्य बनाएको छ । जसमा १ करोड प्रतियोगितामै सकिने एन्फाले जनाएको छ । बाकी ५० लाख भने फुटबलका अन्य कार्यक्रममा जाने एन्फाले बताएको छ ।

एन्फाले विजेता र उपविजेतालाई दिने क्रमश ५ हजार र ३ हजार डलर समेत सोहि रकमबाट खर्च हुने बताएको छ ।

यस पटक कोरोना भाईरसलाई मध्यनजर गर्दै एन्फाले ३ हजार टिकट नबेच्ने बताएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने भएसँगै एन्फाले एक खेलमा १२ हजार टिकटमात्रै बिक्री गर्ने बताएको छ ।

मैदानभित्र प्रवेश गर्दा पूरा गर्नु पर्ने मापदण्ड

अखिल नेपाल फुटबल संघ एन्फाले मैदानमा उपलब्ध हुने सम्पूर्णलाई कोरोना भाईरस सम्बन्धित सम्पूर्ण मापदण्ड पुरा गर्नुपर्ने बताएको छ ।

प्रतियोगिताको पूर्व सन्ध्यामा प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले कोभिडको महामारीमा संक्रमणको खतरा देखिएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको हो ।

एन्फाले दर्शकलाई मास्क अनिवार्य समेत गरेको छ । यस्तै सामाजिक तथा भौतिक दूरी कामय गर्न, सेनिटाईजर अनिवार्य लगाउन र तापक्रम नाप्न आग्रह गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो