'सी' डिभिजन लिग : आज दुई खेल
मंगलबार, १० चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्लानिङ र स्वयम्भुबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा विरगंज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
विरगंज र समाजबीचको खेल दिउसो ३ बजे सुरु हुनेछ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।





-1771592656087.jpeg&w=3840&q=75)

-1771557471194.webp&w=3840&q=75)



-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)

