काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश-१ बीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेलमा एपीएफ र प्रदेश-१ भिड्ने भएका हुन् ।
टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेल चैत २१ गते हुनेछ । एपीएफ र प्रदेश-१ बीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स-११ बीच खेल हुनेछ ।
चैत २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी-ट्वान्टी फर्म्याटको हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन् ।
हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।
खेल तालिका :