एजेन्सी । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले भारतविरुद्धको एकदिवसीय सिरिज गुमाउन सक्ने भएका छन् ।
चोटका कारण आर्चरले भारतविरुद्धको एकदिवसीय सिरिज गुमाउने सम्भावना बढेको हो ।
आर्चरले दाहिने हातको कुहिनो चोट बोकेका छन् ।
कप्तान इयान मोर्गनले आर्चरको चोट गम्भीर रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेको इंग्ल्यान्डले घरेलु टिमसँग पुनेमा ३ खेलको एकदिवसीय सिरिज खेल्दैछ ।
पहिलो एकदिवसीय मार्च २३ मा सुरु हुनेछ ।
यस अघि इंग्ल्यान्डले टेस्ट र टी-ट्वान्टी सिरिज गुमाईसकेको छ ।
आर्चरले चोटकै कारण दुई टेस्ट खेलेका थिएनन् । टी-ट्वान्टी भने आर्चरले खेलेका थिए ।
चोटकै कारण आर्चरले आईपीएलको सुरुवाती खेलहरु समेत गुमाउने बताईएको छ ।
१४ औं संस्करणको आईपीएल अप्रिल ९ बाट सुरु हुनेछ । फाइनल खेल मे ३० मा हुनेछ ।