एजेन्सी । आयरल्याण्डका विकेटकिपर ब्याट्सम्यान गेरी विल्सनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
३५ वर्षीय विल्सनले सामाजिक संजालबाट सन्यास घोषणा गरेका हुन् ।
सन्यास घोषणा गर्दै विल्सनले अब आफु प्रशिक्षकको रुपमा क्रिकेटमा रहने बताएका छन् ।
विल्सन प्रदेश टिम नर्थ वेस्ट वारिवर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
सन् २००५ बाट राष्ट्रिय टिममा रहेका विल्सनले आयरल्याण्डका लागि कुल २ सय ९२ खेल खेलेका छन् ।
विकेटकिपरको रुपमा उनले १ सय ६० क्याच र ३३ स्टम्पिङ आउट गरेका थिए ।
आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप २०११ र २०१५ मा उनि टिममा रहेका थिए ।
यस्तै २००९, १०, १२, १४ र १६ को को टी-ट्वान्टी विश्वकपमा उनी टिममा रहेका थिए ।