एजेन्सी । अफगानिस्तानले जिम्बावेविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।
आबुधाबीमा शुक्रबार दोस्रो टी-ट्वान्टीमा जिम्बावेलाई ४५ रनले हराउँदै अफगानिस्तानले एक खेल अगाबै सिरिज २-० ले आफ्नो बनाएको हो ।
अफगानिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको जिम्बावे १७ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो ।
जिम्बावेका लागि रायन ब्रुलले ४० रन जोड्दा डोनाल्ड त्रिपानोले २४ रन बनाए । मुसाकान्डाले २२ तथा रिचमण्ड मुतुमबामीले २१ रन बनाए ।
अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । मोहमद नाभी र नविन उल हकले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
अफगानिस्तानका लागि करिम जनतले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उश्मान घानीले ४९ रन जोड्दा मोहमद नाबीले ४० रन बनाए ।
जिम्बावेका मुजाराबानीले २ विकेट लिए ।