बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एथ्लेटिक्स – खै फिल्ड इभेन्ट्स ?

आइतबार, ०१ चैत्र २०७७दिपेश तिमल्सिना
एथ्लेटिक्स – खै फिल्ड इभेन्ट्स ?
Loading ad...
mustang rice ad

काठमाडौं । लाग्छ, नेपाली खेलकुदमा एथ्लेटिक्सको परिभाषा फेरीको छ । सामान्यतया कुद्नु, उफ्रिनु, थ्रो गर्नु लगायतलाई एथ्लेटिक्स भनिन्छ । तर, नेपालमा भने दौडिनुलाई मात्र एथ्लेटिक्सको परिभाषा बनाईएको छ ।

नेपालमा एथ्लेटिक्सको विकास र विस्तारका लागि स्थापना भएको अभिभावक संस्था नेपाल एथलेटिक्स संघले दौडलाई मात्र आफ्नो प्राथमिकतामा राखेको छ ।

एथ्लेटिक्सका फिल्ड इभेन्ट्स (हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, त्रिपल जम्प, सटपुट, डिस्कस थ्रो, हामर थ्रो,पोल भल्ट) का प्रतियोगिता नभएपछि खेलाडीहरुले नै संघमाथी प्रश्न उठाउँदै आलोचना गरेका छन् ।

दौडिनु, उफ्रिनु र थ्रो गर्नुलाई एथ्लेटिक्स सम्झिए पनि संघबाट त्यसको कुनै महशुस गर्न नपाएको एक खेलाडीले बताए ।

सात वर्षदेखि एथ्लेटिक्सको फिल्ड इभेन्ट्स खेल्दै आएका उनले हालसम्म संघको आयोजनामा कुनै पनि प्रतियोगिता खेल्न नपाएको गुनासो सुनाए ।

‘फिल्ड इभेन्ट्स सुरु गर्दा आफुलाई पनि एथ्लेटिक्स खेलाडी भएको महशुस गर्थे । दौडिनु मात्र नभइ उफ्रिनु र थ्रो गर्नुलाई पनि एथ्लेटिक्स हो सम्झिन्थे । तर, अहिले आफुलाई कता–कता नेपालमा एथ्लेटिक्स भनेको दौडिनु मात्र रहेछ भन्ने लाग्छ ।’ उनले भने, ‘फिल्ड इभेन्ट्सका प्रतियोगिता खै ? मैले फिल्ड इभेन्ट्स खेल्दै आएको सात वर्ष भयो । अहिलेसम्म संघले आयोजना गरेको एक प्रतियोगिता पनि खेल्न पाएको छैन ।’

उनले थपे, ‘हामीले खेल्ने भनेको वृहत राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मात्र हो । यसका छनोट प्रतियोगिता पनि राम्रोसँग आयोजना भएका छैनन् । संघले भनि दिओस्, हामी एथ्लेटिक्स खेल्दैनौ र एथ्लेटिक्सका खेलाडी हैनौ ।’

प्रतियोगिता आयोजनामा अब कोरोना बाहाना नबनौँ

नेपाल एथलेटिक्स संघले प्रतियोगिता आयोजना नगरे पनि कोरोना महामारीपछि मात्रै घरेलु खेलकुदमा करिब दशवटा राष्ट्रिय स्तरका दौड प्रतियोगिता आयोजना भए । शनिबार मात्रै दौडका स्प्रिन्ट विधाका खेल सम्पन्न भए । लामो समयदेखि स्प्रिन्टका खेल नभएपनि शनिबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला संघको संयुक्त आयोजनामा पुनः एक पटक स्प्रिन्ट विधा ब्युँतिएको हो ।

तर, तीनै एथ्लेटिक्सका संघले फिल्ड इभेन्ट भने बिर्सदै गएका छन् । विभिन्न कर्पोरेट हाउसले दौड प्रतियोगिता आयोजना गरिरहँदा फिल्ड इभेन्ट आयोजना गर्नु संघको दायित्व रहेको सरोकारवाला बताउँछन् ।

एथ्लेटिक्स संघका पूर्व महासचिव सुनिल राजवंशीले एथ्लेटिक्सका फिल्ड इभेन्ट्स पनि समावेश गर्दै प्रतियोगिता आयोजना गर्नु आवश्यक भएको बताए । उनले कोरोनाको बाहाना गरेर प्रतियोगिता आयोजना गर्नबाट संघ पछि हट्न नमिल्ने बताए ।

‘अब हामीले दौड मात्र हैन, फिल्ड इभेन्ट्स पनि समावेश गरेर प्रतियोगिता गर्न आवश्यक छ । विगतभन्दा अहिले फिल्ड इभेन्ट्सका खेलाडी बढ्दो छन् । नयाँ राष्ट्रिय कीर्तिमान समेत बन्दै गएका छन् ।’ उनले भने, ‘मलाई लाग्छ गुणात्मक रुपमा यस विधाले पनि प्रगति गरिरहेको छ । जसमा सबैको ध्यान जान आवश्यक छ ।’

फिल्ड इभेन्ट्सका खेलाडी भने प्रतियोगिता नहुँदा खेलाडीको संख्या बढ्दो नभएर घट्दो क्रममा रहेको बताउँछन् । उनीहरुले खेलाडी पलायन हुनुको मुख्य कारण नै प्रतियोगिता नहुनु रहेको बताउँछन् ।

‘वर्षैसम्म प्रतियोगिता भएका छैनन् । प्रतियोगिता नहुँदा खेलिरहेका खेलाडी समेत निराश हुँदै जान्छ । अनि झन नयाँ खेलाडी कसरी आउँछन् ?’ उनले भने, ‘प्रतियोगिता नभएरै नेपाली खेलाडी विदेश पलाएन हुँदै गरेका छन् । किनभने उनीहरुले आफ्नो भविष्य सुनिश्चित गर्न सकेका छैनन् । सधै खेल प्रतिको मायाले मात्रै देशका लागि खेल्न सकिदैन । अर्को तिर आफ्नो परिवार पनि हुन्छ ।’

उनले फिल्ड इभेन्टमा प्रतियोगिता आयोजना गर्ने सोच भएका प्रशिक्षकको कमीका कारण पनि प्रतियोगिता हुन नसकेको बताए ।

फिल्ड इभेन्ट्सको प्रशिक्षण मैदान नै छैन्

दौडका लागि प्रतियोगिता आयोजना गर्न सम्भव भएपनि फिल्ड इभेन्टका लागि भने मैदान नै नभएको खेलाडीहरु बताउँछन् । खासगरी ज्याभलिङ थ्रोका लागि प्रशिक्षण गर्न समेत मैदान नभएको खेलाडीको गुनासो छ । नेपालमा आयोजना भएको १३ औं साग खेलेका एक खेलाडीले साग अघि आफुले प्रशिक्षण गर्ने मैदान समेत नपाएको सुनाए ।

‘हामी पनि सागका लागि छनोट भएका थियौं । सागका लागि छनोट भएका अन्य खेलाडी कोही विदेश त कोही उपत्यका बाहिर गएर बन्द प्रशिक्षणमा थिए । हामी भने उपत्यका मै सिमित भयौं ।’ उनले भने, ‘हामी उपत्यकामै सिमित भयौ भन्ने हाम्रो गुनासो हैन । हामीले त भोली खेल हुँदा समेत आज अभ्यास गर्न पाएनौ ।’

उनी यतिमै रोकिएनन्, ‘सागका बेला हामीले मैदानमा दुई राउण्ड दौड र वार्म अप बाहेक अरु केही गर्न पाएनौ । हामीलाई फुटबल मैदान बिग्रिन्छ भनेर भाला फ्याक्न दिइएन । अनि प्रतिस्पर्धामा मात्र पदक खोजेर हुन्छ ।’

उनले राम्रो प्रशिक्षण र प्रतियोगिता विना फिल्ड इभेन्टमा अन्तर्राष्ट्रिय पदक जित्न गाह्रो भएको बताए ।

खेलाडीहरुले राम्रो प्रशिक्षकविना युट्युबलाई मात्र गुरु बनाएर २२ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान ब्रेक गर्न नसकिने बताए ।

साग, फिल्ड इभेन्ट्स र पदक

दक्षिण एसियाली खेलकुद (साग) मा सुरुवाती संस्करणदेखि नै एथ्लेटिक्सले सहभागिता जनाउँदै आएको छ । दौडमा मात्र नभई फिल्ड इभेन्ट्समा पनि खेलाडीले आफ्नो चुनौती प्रस्तुत गरेका छन् ।

निरन्तर सागमा सहभागिता जनाउँदै आएको फिल्ड इभेन्ट्सले हालसम्म चार पदक जितेको छ । जसमा चार वटै पदक ज्याभलिङ थ्रोका रहेका छन् । नेपालका लागि ज्याभलिङ थ्रोमा खुर्सेद अहमेद खानले मात्र पदक जितेका हुन् । ज्याभलिङ थ्रोका चार वटै कास्य पदक उनको नाममा छन् । उनकै नाममा २२ वर्ष पुरानो कीर्तिमान पनि छ ।

खुर्सेद अहमेदले सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा आयोजना भएको सागमा ज्याभलिङ थ्रोमा नेपाललाई पहिलो पटक पदक जिताएका थिए । उनले ६४ दशमलव ८० मिटर भाला फाल्दै कास्य पदक जिते ।

त्यसपछि सन् १९९३ मा बंगलादेशको ढाकामा भएको सागमा ६२ दशमलव ४९ मिटर सहित दोस्रो पटक कास्य जिते । भारतको मद्रासमा आयोजना भएको १९९५ को सागमा उनले आफ्नो प्रदर्शनमा सुधार गरे । उनले सातौ सागमा ६६ दशमलव ८३ मिटर भाला फाल्दै लगातार तेस्रो पटक सागमा कास्य पदक जिते ।

सन् १९९९ मा नेपालमा आयोजना भएको आठौं सागमा उनले आफ्नो करियको चौथो कास्य पदक जिते । उनले ७० दशमलव ३९ मिटर भाला फाल्दै कास्य जितेका थिए । ज्याभलिङ थ्रोमा खुर्सेद अहमेदले फालेको ७० दशमलव ३९ मिटरको दुरीनै अहिलेसम्मको नेपाली खेलाडीको सर्वाधिक दुरी हो । जुन कीर्तिमान २२ वर्षदेखि कायम छ । नेपालको फिल्ड इभेन्ट्स बाहेक अन्य आठ सय मिटरसम्मका दौडमा पनि सागमा पदक जित्न सकेको थिएन । नेपालले पहिलो पटक १३ औं सागमा आठ समय मिटर दौडमा पदक जितेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य