सालाहको ऐतिहासिक २५० औं गोल

काठमाडौं । मोहम्मद सालाहले आफ्नो लिभरपुल करियरको २५० औं गोल गर्दै क्लबलाई पुन जितको बाटोमा फर्काएका छन् ।
एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २–० को जित निकाल्दै लगातार चार खेलको हारको श्रृंखला तोड्न सफल भयो ।
पहिलो हाफको अन्त्यतिर सालाहले गरेको गोलले लिभरपुललाई अग्रता दिलायो । दोस्रो हाफको सुरुवातमै टोलीमा पुन फर्किएका रायन ग्राभेनबर्चको प्रहार फर्किएर गोलमा परिणत भयो र लिभरपुलले तीन अंक पक्का ग¥यो।
खेलको सुरुवाती चरणमा एस्टन भिलाका मोर्गन रोजर्सले गोलपोस्टमा हानेर लिभरपुलको परिक्षण गरेका थिए । तर घरेलु टोली खेलभरि प्रभावशाली रह्यो । ह्युगो एकिटिकेको गोल अफसाइडका कारण रद्द भएपछि भिल्लाले डिफेन्सिभ खेल सुरु गर्ने रणनीति महँगो साबित भयो।
यो गोलसँगै सालाहले लिभरपुलका लागि सबै प्रतियोगितामा २५० गोल पूरा गरेका छन् ।
हालको संघर्षपछि पनि यो जितले लिभरपुललाई प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा पु¥याएको छ । त्यसैगरी, एस्टन भिलाको लगातार चार खेलको जितको यात्रा यो हारसँगै अन्त्य भएको छ ।












