एजेन्सी । भारतीय बलर वरुण चक्रवर्तीले इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउन सक्ने भएका छन् ।
फिटनेसको कारण स्पिनर चक्रवर्तीले टी-ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले गरेको फिटनेस परिक्षणमा चक्रवर्ती असफल भएको बताईएको छ ।
२९ वर्षीय बलरले भारतको लागि टी-ट्वान्टीमा डेब्यु गरेका छैनन् । तर, उनले इंग्ल्यान्डविरुद्ध डेब्यु गर्ने सम्भवन रहेको थियो ।
तर, फिटनेस परिक्षणमा असफल भएपछि उनको डेब्यु थप लम्बिने देखिएको छ ।
बीसीसीआईले भने उनको बारेमा आधिकारिक रुपमा केहि बताएको छैन ।
भारतले इंग्ल्यान्डसँग घरेलु मैदानमा ५ खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
भारत र इंग्ल्यान्डबीचको सिरिज मार्च १२ मा सुरु हुनेछ ।