शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

सोनुको किफायती बलिङमा बागमतीको पहिलो जित

मंगलबार, फागुन २५, २०७७खेलपाटी संवाददाता
सोनुको किफायती बलिङमा बागमतीको पहिलो जित
Classic Tech Internet Ad

काठमाडौं । बागमती प्रदेशले काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २७ रनले पराजित गर्दै बागमतीले पहिलो जित निकालेको हो ।

टियु क्रिकेट मैदानमा बागमतीले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६ बनाउन सक्यो ।

आशिफ शेखले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि एपीएफलाई जित दिलाउन सकेनन् ।

यस्तै एपीएफका लागि शंकर रानाले २९ रन जोड्दा अमर रौटेलाले २७ रन बनाए ।

त्यस्तै सन्दीप जोराले २५ रन जोड्दा भुवन कार्कीले १४ रन बनाए ।

एपीएफलाई रोक्न बागमतीका सोनु देवकोटाले ६ विकेट लिए । किफायती बलिङ गरेका उनले ४१ रन खर्चिए ।  

May be an image of 1 person, standing, playing a sport and outdoors

यस्तै रामनरेश गिरि र अरियो पौडेलले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र नन्दन यादवले अर्धशतकीय इनिङ्स खेले ।

तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले ८४ बलमा ७ चौकासहित ५७ रन बनाए ।

यस्तै नन्दनले ५६ बलमा ७ चौका र २ छक्कासहित अविजित रहदै ६० रन बनाए ।

आदील खानले ३४ रन जोड्दा सोनु देवकोटा ५ रनमा अविजित रहे ।

इशान पाण्डेले ३१ रन जोडे भने पारस खड्का २९ रन बनाएर पेभेलियन फर्किए ।

पृथु बास्कोटा ५ रनमा आउट हुँदा आकाश थापा १ रनमा आउट भए ।

एपीएफका अमर रौटेला र किशोर महतोले २/२ विकेट लिए ।

May be an image of one or more people, people standing, people playing sports, grass and text

जितसँगै बागमतीले ३ खेलमा २ अंक जोडेको छ ।

पहिलो खेलमा पुलिससँग २ रनले पराजित बागमती दोस्रो खेलमा काठमाडौं मेयर-११ सँग ९४ रनले पराजित भएको थियो ।

एपीएफको यो पहिलो हार हो ।

एपीएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा पुलिसमाथि पनि १ विकेटको जित निकालेको थियो ।

एपीएफले ३ खेलमा ४ अंक जोडेको छ ।

May be an image of 1 person, standing and playing a sport

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता