काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजक रुपमा ‘पल्सर’ मोटरसाईकल हुने भएको छ । आगामी असोज १३ गतेबाट सुरु हुने ए डिभिजन लिगलाई ‘पल्सर’ले मुख्य प्रायोजकको रुपमा सहकार्य गर्ने भएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच हंसराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा र रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाले लिगको प्रायोजकको अधिकार रामसार मिडियालाई पहिलाे बर्षकालागि एक करोडमा बेचेको थियो ।
सम्झौता अनुसार पल्सर अगामी तीन बर्ष मुख्य प्रायोजकको रुपमा लिगमा अनुबन्ध भएको छ । ‘पल्सर’को सम्झौतासंगै अब ए डिभिजन लिगको नाम पल्सर सहिद स्मारक ए डिभिजन लिग हुनेछ ।