काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनायो ।
आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यस्तै बिक्रम सोबले १४ रन जोड्दा रोहित पौडेलले १३ रन बनाए ।
पुलिसका सागर ढकालले ५ विकेट लिए । पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।
आज आर्मी र पुलिस दोस्रो जितको खोजीमा रहेका छन् ।
पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर-११ लाई हराएको थियो ।
पुलिसले भने पहिलो खेलमा बागमतीलाई हराएको थियो । दोस्रो खेलमा पुलिस एपीएफसँग पराजित भएको थियो ।