रुपन्देही । होराइजन क्रिकेट क्लब रुपन्देहीमा जारी एनटीसी रुपन्देही सुपर लिग क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा तिलोत्तमा क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै होराइजन अन्तिम चारमा पुगेको हो ।
होराइजनले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको तिलोत्तमा २२ ओभर ५ बलमा अलआउट हुँदै ९३ रनमा समेटियो ।
तिलोत्तमाका लागि भुवन गैरेले सर्वाधिक २३ रन बनाए । मनोज सुनार र कृष्ण भुसालले १७/१७ रन जोडे ।
होराइजनका सुमित पराजुली, शक्ति गौचन, तुलराम थापा र पुरुषोतम भट्टराईले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको होराइजनले ५० ओभरमा १० विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
उसका लागि मनिस थापाले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
गोविन्द केसीले २४ रन जोड्दा अमर मिश्रले २३ रन बनाए ।
तिलोत्तमाका कृष्ण भुसालले ४ विकेट लिए ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
अब सेमिफाइनलमा होराइजनले बुद्ध क्रिकेट एकेडेमीसँग खेल्नेछ ।
अर्को सेमिफाइनलमा वेस्टर्न क्रिकेट एकेडेमीले खुकुरी क्लबसँग खेल्नेछ ।