काठमाडौं । भारतीय स्पोर्ट्स वेयर कम्पनी सेभेनले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई प्रायोजन गरेको छ ।
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको कम्पनी सेभेन सह-प्रायोजकको रुपमा ईपीएलसँग जोडिएको हो ।
ईपीएलले सोमबार सेभेनसँग सम्झौता गरेको छ । ईपीएलका एमडी आमिर अख्तर र रिती ग्रुपका एमडी अरुण पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै सेभेन ईपीएलमा फ्रेन्चाईज टिमको किटिङ, क्लथिङ र मर्चेनडाइज पार्टनरको रुपमा रहनेछ ।
यस्तै सेभेनले आयोजकलाई ८० लाख भारु बराबरको खेल सामग्री उपलब्ध गराउनेछ ।
चौंथो संस्करणको ईपीएल आगामी असोजमा आयोजना हुनेछ ।
प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।
ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको छ ।
चौंथो संस्करणको प्रतियोगिता यस अघि चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो ।
तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।