काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर-११ ले बागमती प्रदेशलाई जितका लागि २ सय ४५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनायो ।
काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४९ रन बनाए । कप्तान सन्दीप लामिछानेले ४२ रन जोड्दा सिद्दान्त लोहलीले ३४ रन जोडे ।
बागमतीका नन्दन यादवले ४ विकेट लिए । रामनरेश गिरि र अरियो पौडेलले २/२ विकेट लिए ।
आज बागमती पहिलो जितको खोजीमा हुनेछ ।
काठमाडौं मेयर-११ भने सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
काठमाडौं मेयर-११ को यो पहिलो खेल हो ।