एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको चार खेलको टेस्ट सिरिज जितेको छ ।
अहमदाबादमा शनिबार चौंथो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डमाथि एक इनिङ्स र २५ रनको जित निकाल्दै भारतले सिरिज ३-१ ले आफ्नो बनाएको हो ।
यस जितसँगै भारत आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुगेको छ ।
अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।
नरेन्द्र मोदी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबार इंग्ल्यान्ड दोस्रो इनिङ्समा १ सय ३५ रन जोड्दा अलआउट भएपछि भारतले एकै इनिङ्समा जित निकालेको हो ।
इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा डान लरेन्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जोय रुटले ३० रन बनाए ।
भारतका अक्षर पटेल र रविचन्द्र आश्विनले ५/५ विकेट लिए ।
यस अघि भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६५ रन बनाएको थियो ।
भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले । रोहित शर्माले ४९ रन जोड्दा कप्तान विराट कोहली सुन्य रनमा आउट भए ।
वासिंगटन सुन्दर ९६ रनमा अविजित रहे । अक्षर पटेलले ४३ रन बनाए ।
इंग्ल्यान्ड जेम्स एण्डरसनले ३ विकेट लिए । बेन स्टोक्स र ज्याक लिचले २/२ विकेट लिए ।
इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ५ रन जोड्दा अलआउट भएको थियो।
इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
डान लरेन्सले ४६ रन जोड्दा ओली पोपले २९ रन बनाए । जोनी बेयर्स्टोले २८ रन बनाए ।
भारतका अक्षर पटेलले ४ विकेट लिए । यस्तै रविचन्द्र आश्विनले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।