काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टिम एपीएफ क्लबलाई जितका लागि २ सय ३६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनायो ।
आर्मीका लागि रोहित पौडेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७८ बलमा ३ चौका प्रहार गर्दै अर्धशतकीय इनिङ्स खेलेका हुन् । उनी कमल ऐरीको बलमा कप्तान शदर भेषवाकरको हातबाट क्याच आउट भए ।
यस्तै कप्तान विनोद भण्डारीले ४२ रन बनाए । लोकेश बमले ३० रन जोड्दा सोमपाल कामीले २८ रन जोडे ।
भिम सार्कीले १८ र राजेश पुलामीले १७ रन बनाए । कुशल मल्लले ११, बिक्रम सोब ४, करण केसी २ र सुशन भारी सुन्य रनमा आउट भए ।
एपीएफका लागि अविनास बोहोराले ३ विकेट लिए । यस्तै अमर रौटेला र भुवन कार्कीले २/२ विकेट लिए ।
बसन्त रेग्मी र कमल ऐरीले १/१ विकेट लिए ।
आज दुबै टिम जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।