एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा श्रीलंकाले जित निकालेको छ ।
शनिबार भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई ४३ रनले हराएको हो ।
श्रीलंकाले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका ओबेड म्याककोएले सर्वाधिक २३ रन बनाए । यस्तै लेन्डल सिमोन्सले २१ रन जोड्दा क्रिस गेलले १६ रन बनाए ।
कप्तान काइरन पोलार्ड १३ रनमा आउट हुँदा फाबियन एलनले १२ रन जोडे ।
श्रीलंकाका हसरंगा डा सिल्भा र लक्शान शन्दकानले ३/३ विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
श्रीलंकाका लागि दनुष्का गुनाथिलकाले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
पाथुम निशन्काले ३७ रन जोड्दा अशेन बान्दराले २१ रन बनाए ।
वेस्ट इन्डिजका ड्वाने ब्राभोले २ विकेट लिए ।
यस जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा वेस्ट इन्डिजसँग १-१ को बराबरी गरेको छ ।
पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जित निकालेको थियो ।