काठमाडौं । पब्लिक युथ क्याम्पस (पीवाईसी) ले पीवाईसी इन्टर कलेज टीयु बीबीए कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा पाटन मल्टिपल कलेज (पीएमसी) लाई ४३ रनले पराजित पीवाईसीले सुखद सुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पीवाईसीले १८ ओभरमा अलआउट हुँदै १ सय ३३ रन बनायो ।
पीवाईसीका लागि नरेश थापाले ४८ रन बनाए । सन्देश रेग्मीले ३० रन जोड्दा रन्जन प्रसाईले २३ रन बनाए । निराजन ढकालले १० रन बनाए ।
पीएमसीले कृष्ण कँडेलले ५ विकेट लिए ।
पीवाईसीले दिएको १ सय ३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएमसी १६ ओभर ३ बलमा अलआउट हुँदै ९० रनमा समेटियो ।
पीएमसीका विकासले सर्वाधिक २० रन बनाए । नवराज ठाकुरले १६ रन जोड्दा विवेक कार्कीले १२ रन बनाए ।
पीवाईसीका सन्देश रेग्मीले ४ विकेट लिए । नरेश थापा र दिवस भट्टराईले २/२ विकेट लिए ।
पब्लिक युथ क्याम्पसको आयोजना र चन्द ब्रोदर्स प्राइभेट लिमिटेडको संयोजकत्वमा जारी प्रतियोगितामा १७ वटा बीबीए कलेजको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेताले ३५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस्तै विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्समेन र उत्कृष्ट बलरलाई नगत सहित ट्रफी, प्रमाणपत्र र अन्य पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ट्रफीसहित विभिन्न पुरस्कारले सम्मान गरिने कार्यक्रममा व्यवस्थापक रबिन्द्र चन्द ठकुरीले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजक एडुक्वीस्ट नेपाल र एक्सेलसिया कलेज रहेका छन् ।