धनगढी । स्टेपीङ स्टोनले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।
बिहीबार भएको खेलमा धनगढी नमुनालाई ९ विकेटले पराजित गर्दै स्टेपीङ स्टोनले पहिलो जित दर्ता गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको धनगढी नमुनाले ११ ओभरमा अलआउट हुँदै ४८ रन बनाएको थियो ।
धनगढीले बनाएको यस स्कोर जारी प्रतियोगिताकै सर्वाधिक कम स्कोर हो ।
यस हारसँगै धनगढी नमुना प्रतियोगिताबाट बाहिरिएको छ ।
उसका लागि आयुस खड्काले सर्वाधिक १९ रन बनाए ।
धनगढीलाई सस्तैमा समेट्न स्टेपीङका भुपेश जोशीले १० रन खर्चिएर ६ विकेट लिए । सुभम जैशीले २ विकेट लिए ।
धनगढीले दिएको ४९ रनको लक्ष्य स्टेपीङले ५ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्यो ।
स्टेपीङका अविशेक कुँवरले अविजित ३२ रन जोडे । धनगढीका अनुप कुँवरले १ विकेट लिए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।