एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले बिहीबार लाहोर र कराँचीमा जारी पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।
कोरोना भाईरसको कारण जारी प्रतियोगिता स्थगित गरिएको हो ।
सहभागि टिमसँगको छलफलपछि खेलाडी र लिगमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग स्थगित गरिएको बोर्डले जनाएको छ ।
पछिल्लो समय खेलाडी र स्टाफमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको हो ।
यस सिजनको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए ।
सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय थियो ।
लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो ।