काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टिमको घोषणा गरेको छ ।
बागमती प्रदेशले बिहीबार प्रतियोगिताको लागि १५ सदस्सीय टिमको घोषणा गरेको हो ।
बागमतीले राष्ट्रिय टिमको कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा पृथु बास्कोटा रहेका छन् ।
बागमतीको टिममा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का, इशान पाण्डे, आदील खान, राम नरेश गिरि, दिपेश श्रेष्ठ, आकाश थापा र सोनु तामाङ रहेका छन् ।
त्यस्तै नन्दन यादब, गौतम केसी, सुवास खत्री, सोनु देवकोटा, आरियो पौडेल र विपिन आचार्य रहेका छन् ।
प्रतियोगिता फागुन २२ देखि २९ गतेसम्म टियु र मुलपानी मैदानमा आयोजना हुँदैछ ।
उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यहि दिन मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।