एजेन्सी । जिम्बावेले अफगानिस्तानविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ ।
आबुधाबीमा बुधबार पहिलो टेस्टमा जिम्बावेले सानदार जित निकालेको हो ।
अफगानिस्तानले दिएको १७ रनको लक्ष्य जिम्बावेले विना विकेटको क्षतिमा पुरा गर्यो ।
जिम्बावेका लागि केभिन कसुजाले अविजित ११ रन जोड्दा प्रिन्स मास्भाउराले अविजित ५ रन बनाए ।
यस अघि अफगानिस्तान दोस्रो इनिङ्समा १ सय ३५ रन जोड्दा अलआउट भएपछि जिम्बावेले सहज लक्ष्य पाएको थियो ।
अफगानिस्तानका लागि इब्राहिम जाड्रनले ७६ रन बनाए ।
अमिर हाम्जाले अविजित २१ रन जोड्दा कप्तान अस्घर अफगानले १४ रन बनाए ।
जिम्बावेका भिक्टर र डोनाल्ड तिरिपानोले ३/३ विकेट लिए ।
पहिलो इनिङ्समा अफगानिस्तानले १ सय ३१ रन बनाएको थियो ।
यस्तै जिम्बावेले पहिलो इनिङ्समा २ सय ५० रन बनाएको थियो ।
यस जितसँगै जिम्बावेले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।