धनगढी । काठमाडौंको हिमालयन ह्वाइट हाउसले धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
बुधबार भएको खेलमा शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गर्दै ह्वाइट हाउसले लगातार दोस्रो जित निकालेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।
ह्वाइट हाउसका दिपक बोहराले ९३ रनको अर्धशतकीय इनिङ्स खेल्दा सुदिप बस्नेतले ३५ रन बनाए ।
अर्का दिपक बोहराले २३ रन जोडे भने नारायण जोशीले अविजित १९ रन बनाए ।
शारदाका अरुण धामीले २ विकेट लिए ।
जवाफमा शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।
शारदाका दिनेश ओडले ९० रनको अर्धशतकीय इनिङ्स खेले । अर्जुन साउदले २३ रन बनाए ।
ह्वाइट हाउसका सन्दीप जंग शाहीले ४ विकेट लिए । रजत तिमल्सिनाले २ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच ह्वाइट हाउसका सन्दीप चुनिए ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।