बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गत ‘ए’ डिभिजनमा होराइजन क्रिकेट क्लब विजयी भएको छ ।
बुधबार भैरहवाको सिदार्थ रंगशालामा भएको खेलमा होराइजनले तिरुपती क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको हो ।
तिरुपतीले दिएको ८४ रनको लक्ष्य पछ्याएको होराइजनले २३ ओभर १ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
झिनो लक्ष्य पाएको होराइजनका लागि मनिस थापाले सर्वाधिक २८ रन जोडे । त्यस्तै अमर मिश्रले १८ रनको योगदान दिँदा विशाल खत्री १४ र तुल बाहादुर थापा ७ रनमा अविजित रहे ।
बलिङतर्फ तिरुपतीका लागि बसीर अहमद, प्रदिप जैस्वाल र विपिन न्यौपानेले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको तिरुपतीले २८ ओभर ३ बलमा अलआउट हुँदै ८३ रन बनाएको थियो ।
तिरुपतीका लागि विपिन न्यौपानेले सर्वाधिक २० रन जोडे । त्यस्तै मनोज पुनले १५ र सिमान्त शाहीले १० रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
होराइजनका लागि पुरुषोत्तम भट्टराईले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै तुल बहादुर थापाले दुई तथा राहुल प्रजापति, सुमित पराजुली र गोभिन्द केसीले समान एक एक विकेट लिए ।