एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले जित निकालेको छ ।
विलिङटनमा बुधबार भएको तेस्रो टी-ट्वान्टीमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ६४ रनले हराएको हो ।
अष्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड १७ ओभर १ बलमा अलआउट हुँदै १ सय ४४ रन बनाए ।
न्युजिल्याण्डका मार्टिन गुप्टिलले सर्वाधिक ४३ रन बनाए । डेभोन कोनवेले ३८ रन जोड्दा मार्क चापमनले १८ रन बनाए ।\
न्युजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका एस्टन अगर एक्लैले ६ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान आरोन फिन्चले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा जोस फिलिपले ४३ रन बनाए ।
न्युजिल्याण्डका इश सोधीले २ विकेट लिए ।
पाँच खेलको सिरिजमा न्युजिल्याण्ड २-१ ले अघि रहेको छ ।
अघिल्ला दुई खेल न्युजिल्याण्डले जितेको थियो ।