शुक्रबार, २९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडीका समस्या कसले बोल्ने ?

बुधबार, १९ फाल्गुण २०७७दिपेश तिमल्सिना
खेलाडीका समस्या कसले बोल्ने ?

फाइल तस्बिर/खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक स्वर्ण पदक जिते लगत्तै एथ्लेटिक्स संघका अध्यक्ष राजिवबिक्रम शाहले स्वर्ण विजेता खेलाडीलाई जनही एक लाख दिने घोषणा गरेका थिए । साग सकिएको वर्ष दिन बित्यो, खेलाडीले घोषित रकम प्राप्त गर्न सकेका छैनन् ।

पुरुस्कारनै नपाएका एथ्लेटिक्सका अर्का पीडित खेलाडी हुन्, अजित कुमार यादव । एसियन च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण जितेका अजितलाई संघले सम्मान गर्दै मोटरसाइकल सहित चार वटा कर्पोरेट हाउसबाट मासिक भत्ता १० हजार एक वर्षसम्म उपलब्ध गराउने घोषणा गरेको थियो । तर निकै जोडबलका साथ मोटरसाईकल पाएका अजितले कर्पोरेट हाउसबाट पाउने भत्ता भने पाउन सकेका छैनन् । संघले पहल गर्दैन, बोल्दिने अरु कोही छैन ।

खेलाडीले आफ्ना समस्या बोल्दा सम्बन्धित निकायले उनीहरुमाथी नै दबाब सृजना गर्ने नेपाली खेलकुदको परम्परा छ । खेलाडी स्वयमले आफ्ना समस्या उजागर गर्दा खेल क्षेत्रबाटै पलायन हुनु पर्ने अवस्था नेपाली खेलकुदमा भएकाले उनीहरुले आफ्ना समस्या उठाउन नसकी रहेका खेल विश्लेषक सुशिल नरसिंह राणाको धारणा छ ।

‘आफ्ना समस्यालाई उजागर गर्दा सम्बन्धित निकाय र संघको दबाबमा परि खेल क्षेत्रबाट पलायन भएका नेपाली खेलकुदमा धेरै उदाहरण छन्,’ उनले भने, ‘तिनै साथीहरुको बिगत देखरै खेलाडीको मुख बन्द हुन्छ । जतीसुकै समस्या परे पनि घरको भात खाएर बनाएको आ–अफ्नो खेल करियर नगुमोस भन्ने नै उनिहरुको प्राथमिकतामा पर्छ । र खेलाडी बोल्न सक्दैनन् । अरु कस्ले बोलि दिने ।’

एथ्लेटिक्समात्र हैन, खेलाडीलाई घोषित पुरस्कार नदिने संस्थामा फुटबलको अखिल नेपाल संघ (एन्फा) देखि क्रिकेटको नेपाल क्रिकेट संघ (क्यान) सम्म छन् । सन् २०१७ मा भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिपमा स्वर्ण जितेका खेलाडीलाई एन्फाले अहिलेसम्म घोषित पुरस्कार रकम दिएको छैन । क्यानले अघिल्लो महिनासम्पन्न महिला पीएम कपको पुरस्कार रकम अझै खेलाडीलाई उपलब्ध गराएको छैन ।

कागजमै सिमित खेलाडी संघ

आम खेलाडीका साझा समस्या छन् । नियमित प्रशिक्षण गर्न नपाउनेदेखि खेलाडीले ओलम्पिकको तयारी गर्दा दैनिक ‘डाइट’ समेत नपाउने घरेलु खेलकुदमा नियती बनेको छ । तर खेलाडीका समस्याका बारेमा बोल्ने कोही छैनन् । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सम्म खेलाडीको पहुँच नहुने । यता सम्बन्धित संघबाटै खेलाडी सबैभन्दा बढी पिडित हुने अवस्था छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री खेलाडीको समस्या समाधनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलेनै अग्रसरता देखाउनुपर्ने बताउँछन् । खेलाडी संघ दुई–चार हजार सरकारी भत्ताका लागि मात्र बोलिरहेको क्षेत्रीको आरोप छ ।

‘खेलकुदबाट पनि खेलाडीले अन्य पेशाका व्यक्तिहरु जस्तै आफ्नो जीवन निर्वाह गर्न सक्दछन् भन्नका लागि खेलाडी संघले पहल गर्नु पर्ने हो । विभिन्न संस्थानमा खेलकुद कोटाका लागि पहल गर्नु पर्ने हो । तर, यहाँ वर्षमा एक अवार्ड र आफुले पाइरहेको सरकारी भत्ताका लागि मात्रै खेलाडी संघले कदम चालिरहेको छ ।’ पूर्व कप्तान क्षेत्रीले भने ।

खेलाडीको हक अधिकारका लागि भन्दै राखेपमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) दर्ता छ । २०६० सालमा स्थापना भएको संस्थाको नेतृत्व कराँतेका प्रशिक्षक तथा पूर्व खेलाडी दिपक श्रेष्ठले गरिरहेका छन् ।

खेलाडीका समस्याभन्दा सरकारले दिने मासिक भत्तामा मात्र आफुलाई केन्द्रित गरेको आरोप खेलाडी संघमाथि छ । मासिक भत्ता रोकिने बित्तिकै संघका पदाधिकारी राखेप र मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुग्छन् । तर खेलाडीका ज्वलन्त मुद्धामा संघ बेखबर जस्तै देखिएको पूर्व खेलाडी क्षेत्री बताउँछन् ।

‘खेलकुदमा नयाँ नेतृत्व आउने बित्तिकै हामीले बुँदागत रुपमा आफ्ना साधारण माग राख्दै आएका छौ । तर हाम्रा माग केही पुरा भए केही भएनन्,’ खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘खेलाडी विदेश जाँदा स्तरीय खेल पोशाक, खेलाडी परिचय पत्र, खेलाडी कल्याणकारी कोष, खेलाडी बिमा जस्ता हाम्रा माग पुरा भएका छन् । खेलकुद बुझेका व्यक्ति नेतृत्वमा आउँदा खेलाडीका माग पुरा भएका छन् । तर, खेलकुदनै नबुझेका व्यक्तिसँग हामीले जति कराएपनि हाम्रा माग सम्बोधननै हुन सकेको छैनन् ।’

खेलकुद मन्त्री परिवर्तन हुने बित्तिकै विभिन्न माग सहित खेलाडी संघ जम्बो टोली सहित मन्त्रालय पुग्ने गरेको देखिन्छ । तर, प्रशिक्षणका क्रममा खेलाडी माथि भएका अन्याय, छनोटमा विभेद र जानकारी विनै प्रतियोगिताका लागि छनोट भएका खेलाडीको स्थानमा अर्कै खेलाडीले प्रतिस्पर्धा गरेका मुद्धा संघको प्राथमिकतामा परेका छैनन् ।

डाइटविना ओलम्पिकको तयारी

खेलाडीका धेरै पुरस्कार उधारो बनेका छन् । दैनिक भत्ता र खुराक खेलाडीले पाउन सकेका छैनन् । तर खेलाडीका बिषयमा बोल्ने संस्था कोही छैनन् । खेलाडी संघ समेत समस्यालाई नजरअन्दाज गरेर बसेको देखिन्छ ।

खेलाडीको दैनिक भत्ताका विषयमा खेलाडी संघले आवाज उठाइरहेको संघका अध्यक्ष श्रेष्ठले बताउँछन् । तर ओलम्पिकका लागि छनोट भएका खेलाडी आफ्नै खर्चमा दैनिक प्रशिक्षण गरिरहेका छन् । उनीहरुले दैनिक खेलाडी खुराक स्वरुप पाउने दैनिक भत्ता समेत पाउन सकेका छैनन् ।

‘हामीले खेलाडीका लागि घोषणा गरेका पुरस्कार राशी र दैनिक खुराक खर्च खेलाडीले पाएकी पाएनौ भनेर खोजी गरिरहेका छौ । विना कारण प्रतियोगिता खेल्नबाट बन्चित गरिएका खेलाडीलाई न्याय दिलाएका छौ,’संघका अध्यक्ष श्रेष्ठ दाबी गर्छन् ।

तर, ओलम्पिकमा देशका लागि दौडने तयारी गरिरहेका एथ्लेटिक्सका पार्कीले ‘डाइट’ खर्च समेत पाएका छैनन् । हलचोकस्थित एपीएफको खेल मैदानमा ओलम्पिकको तयारी गरिरहेका उनले छनोटमा परेको दुई महिना वितिसक्दा समेत खुराक खर्च पाउन सकेका छैनन् । उनी आफ्नै खर्चमा ओलम्पिकको तयारी गरिरहेका छन् ।

यसअघि पिडित खेलाडीको खोजि गरिरहेको बताएका खेलाडी संघका अध्यक्ष श्रेष्ठले बोलि फेर्दै आफ्नो समस्याका विषयमा खेलाडीले संघमा निवेदन दिनु पर्ने जिकिर गरे । उनले भने, ‘निवेदन नै नदिई हामी पनि केही गर्न सक्दैनौ । त्यसका लागि खेलाडीले हामीलाई जानकारी र निवेदन दिनु पर्छ । उनीहरुले निवेदन नदिएसम्म हामीले कसरी एक्सन लिने ?’

अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)ले ओलम्पिकको महोत्सवमा सबै देशको सहभागीता गराउन एथ्लेटिक्स लगायतका केही खेलमा कोटा दिने गर्छ । अनिवार्य सहभागी हुनुपर्ने एथ्लेटिक्सको ‘युनिभर्सालिटी प्लेसेस’ मा गोपिचन्द्र पार्की नेपालबाट छनोट भए ।

कोरोना कहरकै बीच गत मंसिरमा बाँकेमा नेपागञ्ज म्याराथन आयोजना भयो । उक्त म्याराथनलाई ओलम्पिक छनोटको रुपमा मान्यता दिएपछि पार्की विजेता बने र ओलम्पिकमा छनोट भए ।

नेपाल ओलम्पिक कमिटि (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठ यसको दोष एथ्लेटिक्स संघमाथि लगाउँछन् । ओलम्पिक छनोटका लागि खेलाडीको नाम पठाउन बारम्बार ताकेता गर्दा समेत संघले नाम नपठाएपछि एथलेटिक्स खेलाडीको मासिक भत्ता छुटेको निलेन्द्रले बताए ।

‘आजभन्दा करिब एक–डेढ वर्ष अगाडी ओलम्पिकमा सहभागिता जनाउन पाउने सबै खेलकुद संघलाई आ-आफ्नो खेलाडीहरुको नाम पठाउन आग्रह गरेका थियौँ ।’ उनले भने, ‘त्यस बखत विभिन्न संघले आफ्ना खेलाडीको नाम दिए । तर, बारम्बार ताकेता गर्दा समेत एथलेटिक्स संघले आफ्नो खेलाडीको नाम पठाउन सकेन ।’

संघले नै खेलाडीको नाम नपठाएपछि एनओसीले आईओसीमा प्राप्त खेलाडीको नाममात्र सिफारिस गरेको एनओसीका महासचिव श्रेष्ठले जानकारी दिए ।

‘आईओसीमा खेलाडीको नाम पठाउने समय आइसक्यो । एथलेक्सि संघबाट कसैको पनि नाम आउन सकेन । एनओसीलाई प्राप्त नाममात्र पठाएका हौ । त्यस समय एथलेटिक्स छुटेको थियो,’एनओसीका महासचिव श्रेष्ठले भने ।

पार्की घरेलु प्रतियोगितामा सबैभन्दा छोटो समयमा निर्धारित दुरी पार गर्दै राष्ट्रिय रेकर्डसहित ओलम्पिकका लागि छनोट भएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी  र संकटा भिड्ने

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी र संकटा भिड्ने

रिचर्डको २ गोलसँगै चर्च बोइजको छलाङ

रिचर्डको २ गोलसँगै चर्च बोइजको छलाङ

नेयमारलाई लिएर नयाँ विवाद

नेयमारलाई लिएर नयाँ विवाद