काठमाडौं । पब्लिक युथ क्याम्पसको आयोजनामा पीवाईसी इन्टर कलेज टीयु बीबीए क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता फागुन २० देखि चैत १ गतेसम्म सञ्चालन हुनेछ ।
पब्लिक युथ क्याम्पसको आयोजना र चन्द ब्रोदर्स प्राइभेट लिमिटेडको संयोजत्वमा हुने प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा हुनेछ ।
प्रतियोगितामा १७ वटा बीबीए क्याम्पसको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेताले ३५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस्तै विधागततर्फ सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्समेन र उत्कृष्ट बलरलाई नगत सहित ट्रफी, प्रमाणपत्र र अन्य पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई ट्रफीसहित विभिन्न पुरस्कारले सम्मान गरिने कार्यक्रममा व्यवस्थापक रबिन्द्र चन्द ठकुरीले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजक एडुक्वीस्ट नेपाल र एक्सेलसिया कलेज रहेका छन् ।
कार्यक्रमका पब्लिक युथका बीबीए निर्देशक रामेश्वर आचार्यले खेलकुदलेमात्र सबैको ध्यान खिच्न सक्ने भन्दै प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले समय अभावका बीच समेत प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा पब्लिक युथका बीबीए कार्यक्रमका उप निर्देशक राजु मानन्धरले क्रिकेटको लोकप्रियतालाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको बताएका थिए ।
पत्रकार सम्मेलन लगत्तै प्रतियोगिता टाइसिट ड्र गरिएको थियो ।
समूह एमा सीएमसी, किष्ट, के एण्ड के, एसडीपी, नेपालगञ्ज एमएनसी, चितवन एमएमसी, पीएमसी, पीवाइसी र धरान एमएमसी परेका छन् ।
यस्तै, समुह बीमा केएमसी, पिपुल्स, केसीएमआइटी, शैनिक, युनिभर्सल, एमएमए एमसी, बीएमसी र एनसीसी परेका छन् ।
प्रतियोगितालाई ब्यवस्थित गरिकाले आयोजना गरिने आयोजक चन्द ब्रोदर्स इभेन्टका निर्देशक रबिन चन्द ठकुरीले बताए ।