काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फागुन २२ गते हुने उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ ।
त्यहि दिन मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।
फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ । एक टिम काठमाडौं मेयर-११ रहेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।
प्रतियोगिता आयोजनाको लागि क्यानले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराएको छ ।
खेल तालिका -