एजेन्सी । अफगानिस्तानका बलर राशिद खानके जिम्बावविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।
पाकिस्तान सुपर लिग क्रिकेटमा चोट बोकेका राशिदले टेस्ट सिरिज गुमाउने भएका हुन् ।
राशिदले हातको औलाको चोट बोकेको बताईएको छ ।
राशिदले लाहोर क्वालन्डर्सबाट पीएसएलको दुई खेल खेलेका थिए ।
तर, उनि पीएसएल छाडेर टेस्ट सिरिजका लागि दुबई पुगिसकेका छन् ।
लाहोरले राशिदको स्थनमा नेपालका सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ ।
अफगानिस्तानले दुबईमा जिम्बावेसँग दुई खेलको टेस्ट खेल्नेछ ।
दुई टिमबीचको पहिलो टेस्ट आज सुरु हुँदैछ ।
टेस्ट सिरिजपछि टी-ट्वान्टी सिरिज हुनेछ ।